Market Closed

सहुलियत कर्जा प्रवाह बैंकलाई अब बाध्यकारी

28 Nov,2019
  • nrb_img_11_28_2019_4_13_36.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले सहुलियतदरमा उपलब्ध गराउने कर्जाको संख्या तोकिदिएको छ । यससँगै अब बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा यस्तो कर्जा उपलब्ध गराउनुपर्ने भएको छ । केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ बमोजिम उपलब्ध गराउनैपर्ने कर्जाको संख्या तोकिएको हो ।

यस्तो कर्जामा सरकारले ब्याज अनुदान दिन्छ । बैंक तथा वित्तीय संस्थाको वर्गीकरण अनुसार ऋणीको संख्या केन्द्रीय बैंकले तोकेको छ । जसमा ‘क’ वर्गका वाणिज्य बैंकहरुले २०७७ असार मसान्तसम्म अनिवार्यरुपमा ५ सय वटा कर्जा दिनुपर्ने छ । यसैगरी ‘ख’ वर्गका विकास बैंकहरुले २ सय वटा र ‘ग’ वर्गका फाइनान्सले १ सय वटा ऋण दिनु पर्नेछ ।
 
सहुलियतपूर्ण कर्जाहरुमध्ये कृषि तथा पशुपन्छी कर्जाबाहेक अन्य कर्जा शीर्षकमा ग्रामीण इलाकालाई प्राथमिकता दिएर प्रवाह गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले यस्तो ऋण नदिएपछि संख्या नै तोकिएको हो ।

बैंक तथा वित्तीय संस्थाले हाल सहुलियत कर्जा अन्तर्गत न्यून मात्र कर्जा प्रवाह गरेका छन् । स्वदेशमै युवा उद्यमशीलता प्रवद्र्धन गर्न सरकारले यो योजना अघि सारेको हो । बुधबारमात्रै सरकारी स्वामित्वका ३ वाणिज्य बैंकहरुले यस्तो कर्जा उपलब्ध गराउन सहमति गरेका थिए । 

Post Your Comment