Market Closed

मुलुकभर ५ खर्ब २३ अर्ब नोट चल्तीमा, अहिलेसम्म कति छापियो पैसा ?

02 Dec,2019
  • NRB-Logo_12_2_2019_10_33_49.jpg
नेपाली पैसा 
 
काठमाडौं : मुलुकभर ५ खर्ब २३ अर्ब ७२ करोड ९ लाख १० हजार ८७७ रुपैयाँ चलन चल्तीमा रहेको केन्द्रीय बैंकले जनाएको छ । हालसम्म ५ खर्ब ३७ अर्ब ९२ करोड २० लाख ५४ हजार रुपैयाँ निष्कासन भइसकेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । जसमध्ये बैंक तथा वित्तीय संस्थामा १४ अर्ब २० करोड ११ लाख ४३ हजार रुपैयाँ नोट मौज्दात रहेको छ । 
 
केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार ६ खर्ब १ अर्ब ५२ करोड ८० लाख ६० हजार ४११ रुपैयाँ जम्मा इक्विटी तथा दायित्व रहेको छ । जम्मा सम्पत्ति ६ खर्ब १ अर्ब ५२ करोड ८० लाख ६० हजार ४२४ रुपैयाँ रहेको छ । 

Post Your Comment