Market Closed

सुन र चाँदी दुवैको भाउ घट्यो, यस्तो छ सोमबारको मूल्य

02 Dec,2019
  • gold_img_12_2_2019_11_49_26.jpg
नेपाली पैसा 
 
काठमाडौं : सुन तथा चाँदीको मूल्य घटेको छ । सोमबार छापावाला सुन तोलामा २०० रुपैयाँले घटेर ७१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने छापावाला सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ७१ हजार ६०० रुपैयाँ पुगेको थियो । यस्तै, तेजाबी सुन पनि सोमबार २०० रुपैयाँले नै घटेर ७१ हजार १०० रुपैयाँमा खरिदबिक्री हुदैछ । आइतबार तेजाबी सुनको भाउ ७१ हजार ३०० रुपैयाँ थियो । 
 
सोमबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य ८ सय ५५ रुपैयाँ थियो । विवाहको सिजन भए पनि स्थानीय बजारमा सुनको भाउ अस्थीर देखिएको छ । विश्व बजारमा कायम हुने भाउकै आधारमा नेपाली बजारमा किनबेच हुने भएकाले भाउ अस्थीर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन पूरै आयातमा निर्भर छ । 

Post Your Comment