Market Closed

नेप्सेले गर्यो सूचीकृत कम्पनीको वर्गीकरण, कुन के मा पर्यो, हेर्नुहोस्

10 Dec,2019
  • nepse_new_12_10_2019_2_41_54.png
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अद्यावधिक सहितको नयाँ वर्गीकरण सूची सार्वजनिक गरेको छ । नेप्सेले ‘ए’ ‘बी’ ‘जी’ र ‘जेट’ गरी सूचीकृत कम्पनीको वर्गीकरण गरेको हो । जसमा ‘ए’ वर्गमा ९ वटा वाणिज्य बैंक र एक विकास बैंक परेका छन् । ‘बी’ एक जलविद्युत् कम्पनी परेको छ । यता, ३६ वटा कम्पनीलाई भने ‘जी’ समूहमा राखिएको छ । बाँकी सूचीकृत कम्पनीहरु ‘जेड’ वर्गमा परेका छन् ।

नेप्सेले यसअघि कात्तिक ७ गते सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको थियो । त्यसबेला वर्गीकरणमा नपर्ने कम्पनीहरुलाई प्रमाणसहित दाबी गर्न नेप्सेले भनेको थियो । सोही आधारमा दाबी गर्ने कम्पनीहरुलाई समेत समावेश गरेर नेप्से नयाँ अद्यावधिक सूची सार्वजनिक गरेको हो । 

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ भएका, सूचीकरण भएको कम्तिमा ३ वर्ष पुगेका, आर्थिक वर्षको ६ महिनाभित्र साधारण सभा गरेका र विगत ३ वर्षदेखि लगातार नाफा गरी लाभांश वितरण गरेका कम्पनीलाई ‘ए’ वर्गमा राख्ने प्रावधान रहेको छ ।
 
यस्तै, क्रेडिट रेटिङ संस्थाबाट औसत भन्दा बढी रेटिङ पाएका र निमयनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेका कम्पनीहरु ‘ए’ वर्गमा पर्ने व्यवस्था छ । सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म ’जी’ वर्गमा राखिने उल्लेख छ ।
 
 
 
 
 
 

Post Your Comment