Market Closed

सुन–चाँदीको भाउ ओरालो लाग्यो, तोलाको कति ?

14 Jan,2020
  • gold_new_1_14_2020_11_14_56.jpg
नेपाली पैसा
 
काठमाडौं : सुन–चाँदीको भाउ मंगलबार पनि घटेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेर ७४ हजार रुपैयाँ आएको छ । सोमबार छापावाला सुनको भाउ  ७४ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ८०० रुपैयाँले नै घटेर ७३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 
 
मंगलबार चाँदीको मूल्यपनि प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ ८ सय ९० रुपैयाँमा कारोबार भएको सुन–चाँदी व्यवसायी महासंघले बताएको छ । छोटो समयमा अत्याधिक बढेको सुुनको भाउ केही तल झर्नेक्रममा रहेको हो । 
 
 
 
 
 

Post Your Comment