Market Closed

राष्ट्र बैंकले करिब ९१ अर्ब रुपैयाँको नयाँ नोट छाप्ने

14 Jan,2020
  • nrb_new_1_14_2020_4_14_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले ९० अर्ब ९० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्ने प्रक्रिया अघि बढाएको छ । केन्द्रीय बैंकले ५, १० र ५०० रुपैयाँ दरका यी नोटहरु छाप्न लागेको हो । केन्द्रीय बैंकले ५ दरका ३० करोड थान, १० का ३४ करोड थान र ५०० दरका १९ करोड थान नयाँ नोट छाप्न लागेको हो । 

यी नोटहरु छाप्नका लागि अन्तर्राष्ट्रिय प्रतिष्पर्धीहरुबाट बोलपत्र आह्वान गरिएको छ । अन्तिम बोलपत्र पेश गर्ने मिति फागुन १६ गतेसम्म तोकिएको छ ।

Post Your Comment