Market Closed

विद्युतीय बस किन्न साझालाई दिइएको ३ अर्ब सरकारले फिर्ता लिने

23 Jan,2020
  • gokulbaskota_1_23_2020_4_11_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : काठमाडौं उपत्यकामा विद्युतीय बस चलाउन दिइएको ३ अर्ब रुपैयाँ सरकारले फिर्ता लिने निर्णय गरेको छ । तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेको भन्दै सरकारले उक्त रकम फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए । त्यस्तै, उक्त रकमको ब्याज पनि लिने मन्त्री बास्कोटाले जानकारी दिए ।   
 
गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकामा विद्युतीय बस चलाउन उक्त रकम दिने निर्ण गरेको थियो । साझालाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गर्न सरकाले ३ अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरेको थियो । संस्थाले ती बसहरु सञ्चालन गर्न नसकेको हुँदा यस्तो निर्णय लिइएको उनले बताए ।

बाँस्कोटाका अनुसार विद्युतीय बस सञ्चालनका लागि खरिद प्रक्रिया अघि बढाउने जिम्मा अब भौति पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको छ । ‘वातावरण मैत्री नयाँ विद्युतीय बस खरिद गर्न अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ३ अर्ब रुपैयाँ दिने निर्णय भएको छ,’ उनले भने ।  

Post Your Comment