Market Closed

बेलायतले हुवावेलाई फाइभ–जी नेटवर्क विस्तार गर्न अनुमति दिने, अमेरिकाको कडा विरोध

28 Jan,2020
  • Huawei-to-launch_1_28_2020_11_55_46.jpg
 
 
बेलायतले फाइभ–जी नेटवर्क विस्तारका लागि आज मंगलबारदेखि चिनियाँ टेलिकम कम्पनी हुवावेको भूमिकालाई स्वीकार गर्ने भएको छ । यद्दपि, अमेरिकाले सुरक्षा चासो देखाउँदै कडा असन्तुष्टि व्यक्त गरेपछि यसलाई सीमित सामथ्र्यमा विस्तार गर्ने गरी अनुमति दिइने भएको छ । बेलायतले फाइभ–जी नेटवर्क विस्तारसम्बन्धी महत्वपूर्ण निर्णय लिएको छ, त्यहाँका विदेशमन्त्री माइक पोम्पेओले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् ।

फाइभ–जी नेटवर्क विस्तारका विषयमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग हुवावेलाई पूर्णरूपमा पाखा लगाउन वासिङटनले गरेको आग्रह र निरन्तर दबाबका बीच पनि यो निर्णय आएको हो । बेलायतका वरिष्ठ अधिकारीले यसअघि नै हुवावे सेवा विस्तारका लागि सकारात्मक संकेत दिएका थिए ।

यसबीचमा बेलायतले हुवावेलाई फाइभ–जीका सहायक प्रविधिजन्य एन्टेना र आधार स्टेसनहरूलाई पोल तथा छानाहरूमा जोड्न नदिनेजस्ता  अनुमानहरू गरिएको थियो । अमेरिकाले भने हुवावेको नियन्त्रण बेइजिङसँग रहने भन्दै उसको नयाँ पुस्ताको फाइभ–जी मोवाइल नेटवर्क विस्तार गर्ने बिषयमा चासो व्यक्त गर्दै यसबारेमा कडा रूपमा असन्तुष्टि व्यक्त गर्दै आएको छ । 
 
रासस 

Post Your Comment