Market Closed

बैंकका एटीएम बुथ नभएका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने

25 Mar,2020
  • bank_logo_3_25_2020_10_53_36.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंकका एटीएम बुथ नभएका शाखाहरु हरेक दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने भएका छन् । बैंकर्स संघले आफ्ना सदस्य बैंकहरुलाई ‘एड्भाइजरी’ जारी गर्दै एटीएम नभएका शाखाहरु हरेक दिन उक्त समयमा शाखा खोल्न भनेको हो । एटीएम भएका शाखाहरु भने बन्द हुने छन् । तथापि, ती एटीएम भने निरन्तर सञ्चालन हुनेछन् । एटीएममा नियमितरुपमा पैसा राखिनेछ । अर्थात् एजीएममा पैसा अभाव हुन दिइने छैन ।

यता, काठमाडौं बाहिरका शाखाहरु खासगरी गाउँमा रहेका शाखाहरुमा त्यहाँको शाखा प्रबन्धकले जिल्ला प्रशासन कार्यालय वा स्थानीय निकायसँग समन्वय गरी सञ्चालन व्यवस्था मिलाउनेछन् । सरकारले मंगलबारदेखि लक डाउन गरेपछि बैंक तथा वित्तीय संस्थाका शाखाबाट दिने सेवा प्रभावित भएका छन् । यसैबीच, बैंकहरुले ‘डिजिटल बैंकिङ’ लाई प्रवद्धन गरिरहेका छन् भने कारोबार सीमा पनि बढाएका छन् । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Post Your Comment