Market Closed

नेपालमा थप १ जनामा कोरोना भाइरस, संक्रमितको संख्या ३ पुग्यो

25 Mar,2020
  • corona_3_25_2020_1_08_01.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपालमा थप १ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएको छ । थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका हुन् । योसँगै कोरोना भाइरसको संक्रमण देखिनेको संख्या नेपालमा ३ पुगेको छ । यसमध्ये १ जना निको भएर घर फिर्ता भइसकेका छन् । 
 
प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोना भाइरस भएको पुष्टि भएपछि ती संक्रमति व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग्गै राखिएको छ। नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ । जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

यसअघि सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको आइतबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । 
 
 
 

Post Your Comment