Market Closed

प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम जेठ १० मा प्रस्तुत गरिने

21 May,2020
  • pradesh_5_5_21_2020_6_39_13.jpg

 
 
काठमाडौं : प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नीति–कार्यक्रम यही जेठ १० गते प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा दीपावली गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए। 
 
बैठकले तराईका जिल्लामा २ सय  र पहाडी जिल्लामा ५० शय्याको आइसोलेसन केन्द्र बनाउने, केन्द्रमा पीसीआरबाट पोजेटिभ देखिएका बिरामीलाई राख्ने र केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने निर्णय  पनि गरेको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकामा उनले पाउनुपर्ने बिमा वापतको १० लाख रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।  
 
रासस

Post Your Comment