Market Closed

कोरोना महामारी : विश्वभर ३ लाख ३४ हजारको मृत्यु, करिब २१ लाख भए निको

22 May,2020
  • corona_3s_5_22_2020_10_25_29.jpg
नेपाली पैसा  
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख ९४ हजार ८७९ पुगेको छ । यसैगरी, ३ लाख ३४ हजार ६२२ जनाको भने मृत्यु भएको छ । हालसम्म २० लाख ८१ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित छ । अमेरिकामा कोरोना भाइरसबाट ९६ हजार ३५४ जनको मृत्यु भएको छ ।

त्यसैगरी, त्यहाँ संक्रमितको संख्या १६ लाख २० हजार ९०२ पुगेको छ । अमेरिकामा ३ लाख ८२ हजार १६९ जना उपचारपछि डिस्चार्ज भएका छन् । अमेरिकापछि दोस्रो धेरै प्रभावित बेलायतमा हालसम्म ३६ हजार ४२ जनाको मृत्यु भएको छ भने २ लाख ५० हजार ९०८ जना संक्रमित रहेका छन् । यता, रुसमा पनि पछिल्लो समय संकमितको संख्या पनि दिनप्रतिदिन बढेको छ । रुसमा ३ लाख १७ हजार ५४ संक्रमित हुँदा ३ हजार ९९ जनाको मृत्यु भएको छ । 
 
स्पेनमा संक्रमितको संख्या २ लाख ८० हजार ११७ पुगेको छ भने २७ हजार ९४० जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख २८ हजार ६ पुग्दा ३२ हजार ४८६ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८१ हजार ८२६ हुँदा २८ हजार २१५ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३ लाख १० हजार ९२१ जना संक्रमित हुँदा २० हजार ८२ जनाको मृत्यु भएको छ । 

त्यस्तै, जर्मनीमा १ लाख ७९ हजार २१ जना संक्रमित हुँदा ८ हजार ३०९ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ५३ हजार ५४८ संक्रमित हुँदा ४ हजार २४९ को ज्यान गएको छ । इरानमा १ लाख २९ हजार ३४१ जना संक्रमित हुँदा ७ हजार २४९ जनाको ज्यान गएको छ । भारतमा संक्रमित १ लाख १८ हजार ५०१ र मृतक ३ हजार ५८५ पुगेका छन् । पेरुमा १ लाख ८ हजार ७६९ जना संक्रमित हुँदा ३ हजार १४८ जनाको मृत्यु भएको छ ।
 
चीनमा पछिल्लो १ दिनमा ४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै चीनमा हालसम्म ८२ हजार ९७१ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । पाकिस्तनमा ४८ हजार ९१ संक्रमित हुँदा १ हजार १७ जनाको ज्यान गएको छ । बंगलादेशमा २८ हजार ५११ संक्रमित हुँदा ४०८ को मृत्यु भएको छ । जापानमा १६ हजार ४२४ जना संक्रमित हुँदा ७७७ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ४८७ जना संक्रमति फेला पर्दा ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३ जनाको भने मृत्यु भएको छ ।    
   
 

Post Your Comment