Market Closed

भारतमा कोरोना भाइरसका अहिलेसम्मकै धेरै संक्रमित भेटिए

22 May,2020
  • indian_5_22_2020_4_21_28.jpg
 
 
 
काठमाडौं : भारतमा कोरोना भाइरसबाट २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना संक्रमित भेटिएका हुन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाए अनुसार यो सहित भारतमा कोरोना संक्रमितको कुल संख्या १ लाख १८ हजार ४४७  पुगेको छ । त्यसैगरी, भारतमा विगत २४ घण्टामा १४८ जनाको मृत्यु भएको छ । त्यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ५८३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।
 
रासस–एएनआई

Post Your Comment