Market Closed

नेपालमा थप २० जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या ५०७ पुग्यो

22 May,2020
  • corona_ss_5_22_2020_4_40_49.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ थपिएसँगै कुल संक्रमित संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
 
यसैगरी, कैलालीमा ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा १४ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी, मोरङको रतुवामाई–२ का १ जनामा पनि संक्रमण देखिएको छ ।

Post Your Comment