Market Closed

ब्याज, कर्जा सुरक्षण तथा बिमा प्रिमियम अनुदानका लागि १३ अर्ब ९६ करोड

28 May,2020
  • arthamantr-2_5_28_2020_6_11_30.png
नेपाली पैसा
 
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको लागि ब्याज, कर्जा सुरक्षण तथा बिमा प्रिमियम अनुदानका लागि १३ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरेको छ । वित्तीय पहुँच अभिवृद्धि गर्दै वित्तीय साधन परिचालन उत्पादनमुखी बनाइने आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ । बजेट वक्तव्यमा उल्लेख छ, ‘बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न प्रोत्साहित गरिने छ ।

भुक्तानी प्रणालीलाई सुरक्षित, आधुनिक र विद्युतीय प्रविधिमा आधारित बनाइने छ ।’ बैंकहरुबाट प्रवाह हुने सहुलियपूर्ण कर्जा कार्यक्रमको पुनर्सरचना गर्दै यसको दायरा फराकिलो बनाइने बताइएको छ । यस्ता कर्जा ५% ब्याजदरमा उपलब्ध गराइने बजेटमा उल्लेख छ । सहुलियपूर्ण कर्जाको सुरक्षण र व्यवसाय बिमा प्रिमियमको ५०% सम्म अनुदान दिइने छ ।
 

Post Your Comment