Market Closed

केन्द्रीय बैंकले सार्वजनिक गर्यो पुनरकर्जा कार्यविधि मस्यौदा, सुझाव पनि मागियो

02 Jun,2020
  • NRB_new_6_2_2020_9_24_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : केन्द्रीय बैंकले पुनरकर्जा कार्यविधि २०७७ को मस्यौदा सार्वजनिक गरेको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारीबाट अर्थतन्त्रलाई परेको प्रभावलाई मध्यनजर गर्दै यसको परमार्जन गर्न सरोकारवाला निकायसँग सुझाव समेत मागेको छ । सरोकारवाला निकायले आगामी १५ दिनभित्र सुझाव दिन पनि केन्द्रीय बैंकले आग्रह गरेको छ । सार्वजनिक मस्यौदा अनुसार साधारण पुनरकर्जा प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ ।

यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २०% भन्दा बढी नहुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ । साथै, केन्द्रीय बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनरकर्जाको अधिकतम सीमा भने १० करोड रुपैयाँ हुनेछ । यस्तो रकम कुल पुनरकर्जा प्रदान गर्ने रकमको ७०% भन्दा बढी नहुने मस्यौदामा उल्लेख छ ।

यता, इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १०% भन्दा बढी नहुने केन्द्रीय बैंकले जनाएको छ । सरकारले पुनरकर्जाको सीमा १ खर्ब पुर्याएको छ । कोरोना भाइरस प्रभावको राहत प्याकेज कार्यक्रम अन्तर्गत सरकारले ६० अर्बको पुनरकर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याएको हो । 
 

Post Your Comment