Market Closed

उच्च हिमाल र पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम

02 Jun,2020
  • hill_new_6_2_2020_1_28_17.jpg
 
 
काठमाडौं : बेसीमा भन्दा उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार समुद्री सतहबाट ३ हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण कम हुन्छ । अमेरिकी पत्रिका वासिङटन पोष्टले यो समाचार प्रकाशन गरेको हो।

अष्ट्रेलिया, बोलिभिया, क्यानाडा र स्वीट्जरल्याण्डका अनुसन्धानदाताहरुले यस्तो तथ्य सार्वजनिक गरेका हुन् । उनीहरुले बोलिभिया, इक्वेडर र तिब्बतको पनि अध्ययन गरेका थिए । सो अनुसन्धानबाट समुद्री सतहबाट कम उचाइमा रहेका ती अरु देशको तुलनामा तिब्बतका मानिसमा कोरोनाको प्रकोप कम रहेको पाइएको हो ।
 
तिब्बत उच्च हिमाली क्षेत्रमा पर्दछ । अन्यत्रको तुलनामा तिब्बतका नागरिकमा संक्रमण दरमा ३ गुणाले कमी पाइएको छ । उनीहरुले मार्च २३ देखि अप्रिल ३ सम्मका समुद्री सतहबाट कम उचाइमा रहेका सहरहरु तथा तिब्बत तथा यस्तै उच्च पहाडी इलाकाका सहरका ४ लाख २० हजार स्थानीय नागरिकसँगको अन्तरवार्ताबाट यो तथ्य पत्ता लगाएका हुन् ।
 
रासस–एएनआई

Post Your Comment