Market Closed

ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरस

08 Jul,2020
  • jair-bolsonaro_7_8_2020_9_49_11.jpg

काठमाडौं : ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गरिएको थियो । यसपटकको परीक्षणमा उनलाई कोरोना पोजेटिभ पाइएको बीबीसीले जनाएको छ । राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै हल्का रुपमा लिँदै आएका थिए ।

कोरोनालाई ‘सामान्य फ्लु’ भन्दै उनले संक्रमण फैलिन नदिन गरिने लक डाउनको पनि विरोध गर्दै आएका छन् । उनले सार्वजनिक स्थानमा जाँदा मास्क पनि लगाउँदैनथे । धेरै स्थानमा उनी विना सामाजिक दूरी र विना मास्कमा देखिएका छन् । 
 
बीबीसी
 
 
 
 
 
 

Post Your Comment