Market Closed

बैंक ब्याज छुट नभएको भन्दै राष्ट्रिय व्यवसायी महासंघद्वारा आन्दोलन घोषणा

09 Jul,2020
  • interest_7_9_2020_4_14_44.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । कोभिड–१९ (कोरोना भाइरस) का कारण व्यापार व्यवसाय गुमाएका र आर्थिक संकटमा परेका व्यवसायीलाई सरकारले सहयोग नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । महासंघले यसअघि सरकारले साँवा तथा ब्याज भुक्तानीको समय सीमा थप गरी कर्जाको ब्याजमा २% छुट सहित घरभाडा सहुलियतको घोषणा गरेको थियो । तर व्यवहारमा यो व्यवस्था  कार्यान्वयन नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

६ सूत्रीय माग राखेको महासंघले व्यवसायीले लक डाउन अवधिको बैंक ब्याजदरमा शतप्रतिशत छुट पाउनुपर्ने भनेको छ । यसैगरी, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सारिनुपर्ने, पुनर्कर्जा कोषमा साना व्यवसायीको पहुँच सुनिश्चित गरिनुपर्ने माग अघि सारिएको छ । यसैगरी, कर्जाको ब्याजदर बढीमा ८% कायम गरिनुपर्ने, स्प्रेड रेट घटाएर ३.५% मा झारिनुपर्ने भनिएको छ । यसैगरी,, लक डाउन अवधिभर व्यावसायिक घर भाडा पूरै छुट गरिनुपर्ने माग अघि सारिएको छ । 
 

Post Your Comment