Market Closed

अमेरिकामा कोरोनाबाट एकै दिन १५ सय ९२ जनाको ज्यान गयो

30 Jul,2020
  • usa_corona_7_30_2020_10_18_37.jpg
 
काठमाडौं : अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण गत मंगलबार एकै दिनमा १५ सय ९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताकै सबैभन्दा बढी हो ।

स्थानीय समयानुसार मंगलबार राति ८ः१० सम्म एकै दिनमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बाल्टिमोर आवद्ध विश्वविद्यालयल जानकारी दिएको छ । अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जना संक्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ । कोरोना भाइरसका कारण विश्वभरमा १ करोड ६९ लाख १ हजार ४०७ जना संक्रमित भएका छन् । 
 
रासस–एएफपी

Post Your Comment