Market Closed

वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीलाई कोरोना संक्रमण

31 Jul,2020
  • vija_ya_7_31_2020_9_49_30.jpg
नेपाली पैसा
 
काठमाडौं : वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको उनले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन् ।

‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु’ उनले भने, ‘काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ ।’कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताएका छन् । पछिल्लो समय वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ । 

Post Your Comment