Market Closed

डलरको सटही दर यस्तो छ

31 Jul,2020
  • dollar_7_31_2020_10_15_21.jpg
नेपाली पैसा
 
काठमाडौं : डलरको भाउ शुक्रबार फेरि थोरै बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा निर्धारण गरेको छ । बिहीबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९८ पैसा निर्धारण रहेको थियो ।

पछिल्लो समय डलरको भाउ माथिल्लो बिन्दुमा अडिएको छ । विश्व बजारमा लगानीकर्ताहरु सुरक्षित लगानीको खोजी गर्दै डलरतर्फ आकर्षित भइरहेका छन् । यता, भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर भएको छ । स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रभावित भएको हो । 
 
 
 
 

Post Your Comment