Market Closed

विश्वभर कोरोना संक्रमित संख्या कति ?

31 Jul,2020
  • coronavirus-ec_7_31_2020_10_42_28.jpeg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ७६ हजार १०५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ९० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ७६ हजार ७५९ पुगेको छ । हालसम्म १ करोड ९ लाख ३९ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४६ लाख ३४ हजार ९८५ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६७ हजार नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म १ लाख ५५ हजार २८५ जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा हालसम्म २६ लाख १३ हजार ७८९ जना संक्रमित हुँदा ९१ हजार ३७७ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १६ लाख ३९ हजार ३५० संक्रमित हुँदा ३५ हजार ७८६ जनाको मृत्यु भएको छ । रुसमा ८ लाख ३४ हजार ४९९ संक्रमित हुँदा १३ हजार ८०२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ४ लाख ८२ हजार १६९ जना संक्रमित हुँदा ७ हजार ८१२ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४ लाख १६ हजार १७९ जना संक्रमित हुँदा ४६ हजारको मृत्यु भएको छ । पेरुमा ४ लाख ७ हजार ४९२ जना संक्रमित हुँदा १९ हजार २१ जनाको मृत्यु भएको छ । 
 
चिलीमा ३ लाख ५३ हजार ५३६ संक्रमित हुँदा ९ हजार ३७७ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ३२ हजार ५१० पुगेको छ भने २८ हजार ४४३ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४५ हजार ९९९ जनाको मृत्यु भएको छ भने ३ लाख २ हजार ३०१ जना संक्रमित रहेका छन् । यता, इरानमा ३ लाख १ हजार ५३० जना संक्रमित हँदा १६ हजार ५६९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ७७ हजार ४०२ संक्रमित हुँदा ५ हजार ९२४ जनाको ज्यान गएको छ ।

साउदी अरबमा २ लाख ७४ हजार २१९ हजार संक्रमित हुँदा २ हजार ८४२ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४७ हजार १५८ पुग्दा ३५ हजार १३२ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म २ लाख ३४ हजार ८८९ संक्रमित हुँदा ३ हजार ८३ को मृत्यु भएको छ । टर्कीमा २ लाख २९ हजार ८९१ संक्रमित हुँदा ५ हजार ६७४ को ज्यान गएको छ । जर्मनीमा २ लाख ९ हजार ६५३ जना संक्रमित हुँदा ९ हजार २२१ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८६ हजार ५७३ हुँदा ३० हजार २५४ जनाको मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा १२७ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार २९२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ३३ हजार ४९ जना संक्रमित हुँदा १ हजार ४ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १९ हजार ५४७ जना संक्रमति फेला पर्दा १४ हजार २४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ५२ जनाको भने मृत्यु भएको छ ।  
 
 
 
 
 
 

Post Your Comment