Market Closed

सुनको भाउ फेरि पनि बढ्यो, तोलाको ९९ हजार ३ सय

31 Jul,2020
  • gold_img_7_31_2020_10_53_03.jpg
नेपाली पैसा
 
काठमाडौं : सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी छ । यसैक्रममा शुक्रबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ८६५ रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।



यता, चाँदी भाउ भने प्रतितोला २५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा आएको छ । बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ५६० रुपैयाँ निर्धारण भएको थियो । चाँदी भाउ प्रतितोला १२ सय २५ रुपैयाँ थियो  ।
 
 
 
 
 
 

Post Your Comment