Market Closed

विश्वभर १ करोड ११ लाख जना कोरोना संक्रमित निको भए

01 Aug,2020
  • coronavirus-agencies_8_1_2020_10_32_19.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ७७ लाख ५७ हजार ५१३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ८१ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ८२ हजार ९९८ पुगेको छ । हालसम्म १ करोड ११ लाख ६० हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४६ लाख ३४ हजार ९८५ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ७० हजार नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म १ लाख ५६ हजार १४७ जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा हालसम्म २६ लाख ६६ हजार २९८ जना संक्रमित हुँदा ९२ हजार ५६८ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १६ लाख ९७ हजार ५४ संक्रमित हुँदा ३६ हजार ५५१ जनाको मृत्यु भएको छ । रुसमा ८ लाख ३९ हजार ९८१ संक्रमित हुँदा १३ हजार ९६३ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ४ लाख ९३ हजार १८३ जना संक्रमित हुँदा ८ हजार ५ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४ लाख २४ हजार ६३७ जना संक्रमित हुँदा ४६ हजार ६८८ को मृत्यु भएको छ । पेरुमा ४ लाख ७ हजार ४९२ जना संक्रमित हुँदा १९ हजार २१ जनाको मृत्यु भएको छ । 
 
चिलीमा ३ लाख ५५ हजार ६६७ संक्रमित हुँदा ९ हजार ४५७ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ३५ हजार ६०२ पुगेको छ भने २८ हजार ४४५ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४६ हजार ११९ जनाको मृत्यु भएको छ भने ३ लाख ३ हजार १८१ जना संक्रमित रहेका छन् । यता, इरानमा ३ लाख  ४ हजार २०४ जना संक्रमित हँदा १६ हजार ५६९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ८७ हजार ३०५ संक्रमित हुँदा ५ हजार ९५१ जनाको ज्यान गएको छ ।

साउदी अरबमा २ लाख ७५ हजार ९०५ हजार संक्रमित हुँदा २ हजार ८६६ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४७ हजार ५३७ पुग्दा ३५ हजार १४१ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म २ लाख ३७ हजार ६६१ संक्रमित हुँदा ३ हजार १११ को मृत्यु भएको छ । टर्कीमा २ लाख ३० हजार ८७३ संक्रमित हुँदा ५ हजार ६९१ को ज्यान गएको छ । जर्मनीमा २ लाख १० हजार ६६५जना संक्रमित हुँदा ९ हजार २२४ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८७ हजार ९१९ हुँदा ३० हजार ३६५ जनाको मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ३३७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ३४ हजार ३७२ जना संक्रमित हुँदा १ हजार ६ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १९ हजार ७७१ जना संक्रमति फेला पर्दा १४ हजार ३९९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ५६ जनाको मृत्यु भएको छ ।  
 

Post Your Comment