Market Closed

कोरोना संक्रमित संख्या २ करोड नजिक, ब्राजिलमा ज्यान गुमाउने १ लाख माथि

09 Aug,2020
  • corona_3s_8_9_2020_12_00_24.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ९८ लाख ६ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ६३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ७ लाख २९ हजार ५९४ पुगेको छ । हालसम्म १ करोड २७ लाख २३ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख ४९ हजार ७२३ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ६५ हजार ७० जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा हालसम्म ३० लाख १३ हजार ३६९ जना संक्रमित हुँदा १ लाख ५४३ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म २१ लाख ५३ हजार १० संक्रमित हुँदा ४३ हजार ४५३ जनाको मृत्यु भएको छ । रुसमा ८ लाख ८२ हजार ३४७ संक्रमित हुँदा १४ हजार ८५४ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ५ लाख ५३ हजार १८८ जना संक्रमित हुँदा १० हजार २१० जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४ लाख ७५ हजार ९०२ जना संक्रमित हुँदा ५२ हजार ६ को मृत्यु भएको छ ।

पेरुमा ४ लाख ७१ हजार १२ जना संक्रमित हुँदा २० हजार ८४४ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ६१ हजार ४४२ पुगेको छ भने २८ हजार ५०३ जनाको मृत्यु भएको छ । यता, इरानमा ३ लाख २४ हजार ६९२जना संक्रमित हँदा १८ हजार २६४ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४६ हजार ५६६ जनाको मृत्यु भएको छ भने ३ लाख ९ हजार ७६३ जना संक्रमित रहेका छन् । 

साउदी अरबमा २ लाख ८७ हजार २६२ हजार संक्रमित हुँदा ३ हजार १३० जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ८३ हजार ४८७ संक्रमित हुँदा ६ हजार ६८ जनाको ज्यान गएको छ । बंगलादेशमा हालसम्म २ लाख ५५ हजार ११३ संक्रमित हुँदा ३ हजार ३६५ को मृत्यु भएको छ ।

इटालीमा संक्रमितको संख्या २ लाख ५० हजार १०३ पुग्दा ३५ हजार २०३ जनाको मृत्यु भएको छ । टर्कीमा २ लाख ३९ हजार ६२२ संक्रमित हुँदा ५ हजार ८२९ को ज्यान गएको छ । जर्मनीमा २ लाख १६ हजार ८९६ जना संक्रमित हुँदा ९ हजार २६१ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ९७ हजार ९२१ हुँदा ३० हजार ३२४ जनाको मृत्यु भएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा २३ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ६१९ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ४५ हजार ४३९ जना संक्रमित हुँदा १ हजार ३९ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म २२ हजार ५९२ जना संक्रमति फेला पर्दा १६ हजार ३१३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ७३ जनाको भने मृत्यु भएको छ ।  
 
 
 
 
 

Post Your Comment