Market Closed

सुन चाँदीको भाउ फेरि बढ्न थाल्यो

15 Sep,2020
  • gold_img_9_15_2020_11_39_27.jpg
नेपाली पैसा
 
काठमाडौं : मंगलबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । यस दिन चाँदीको भाउ प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ ।



यसअघि, सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । यसदिन चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको थियो । 
 

Post Your Comment