Market Closed

लामो दूरीका सवारी साधन र आन्तरिक हवाई उडान असोज १ बाटै सञ्चालन हुने

15 Sep,2020
  • public_vehicle_9_15_2020_8_04_31.jpeg
नेपाली पैसा 
 
काठमाडौं : लामो दूरीका सार्वजनिक सवारी साधन र आन्तरिक हवाइ उडान असोज १ गतेबाटै सञ्चालन हुने भएका छन् । मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

यसअघि असोज ५ गतेबाट लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाई उडान सञ्चालन हुने जानकारी दिइएको थियो । तर मन्त्री ज्ञवालीले भने असोज १ गतेबाटै सञ्चालन गर्न मन्त्रिपरिषद्ले अनुमति दिएको मंगलबार बताएका हुन् । 
 

Post Your Comment