Market Closed

प्याजको भाउ चुलियो, कालिमाटी थोक बजारमै किलोको ११९ रुपैयाँ

16 Sep,2020
  • onions_9_16_2020_9_13_58.jpg
नेपाली पैसा
 
काठमाडौं : छिमेकी मुलुक भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि भाउ आकाशिएको छ । प्रतिबन्द लगाएको दोस्रो दिन कालिमाटी थोक बजारमा प्याजको मूल्य प्रतिकेजी औसतमा ४४ रुपैयाँले बढेको छ । बुधबार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी औसतमा ११९ रुपैयाँ पुगेको छ । यो मूल्य मंगलबारको तुलनामा ५८.६७% ले बढी हो । मंगलबार प्याजको मूल्य प्रतिकेजी १५ रुपैयाँ बढेर ७५ रुपैयाँ पुगेको थियो ।

थोक बजारमै प्याजको मूल्य बढेर प्रतिकेजी ११९ पुगेपछि खुद्रा बजारमा न्यूनतम १३० देखि १५० रुपैयाँसम्म पुग्ने भएको छ । सोमबार मात्रै भारतले प्याजको निर्यातसम्बन्धी नीतिमा परिवर्तन गर्दै प्रतिबन्ध लगाएको हो । गत वर्ष पनि भारतले कात्तिकमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मूल्य बढेर प्रतिकेजी २ सय ५० रुपैयाँसम्म पुगेको थियो ।
 
 

Post Your Comment