Market Closed

सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था

22 Sep,2020
  • interest_ratejpg_9_22_2020_8_54_58.jpg
नेपाली पैसा
 
काठमाडौं : कात्तिक १५ गतेदेखि लागू हुने गरी सहकारी संस्थाहरुमा कर्जातर्फ ब्याजदरको अधिकतम सीमा १४.७५% निर्धारण भएको छ । सोमबार बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले नयाँ सन्दर्भ ब्याजदर निर्धारण गरेको हो । सहकारी संस्थामा २०७६ साउन १९ गतेबाट लागू भएको सन्दर्भ ब्याजदर हेरफेर गरी १६% बाट १४.७५% कायम गरिएको हो । सहकारी ऐन, २०७४ ले तोकेको ६% स्प्रेडदर (कर्जा र बचतको ब्याजदर अन्तर) कायम राख्नुपर्ने व्यवस्था अनुसार अब सहकारी संस्थाले बचतमा न्यूनतम ८.७५% ब्याजदर दिनुपर्नेछ । 
 
सन्दर्भ ब्याजदर हेरफेरका लागि गत साउनदेखि नै तयारी गरिएको भए पनि सहकारी क्षेत्रमा समेत कोभिड १९ महामारीको प्रभाव देखिएकाले त्यतिबेला कार्यान्वयनमा रहेको ब्याजदरलाई हेरफेर नगर्न सहकारीकर्मीले सहकारी विभाग र भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लबिङ गरेका थिए ।

तर कोभिड १९ महामारीका कारण बैंक तथा वित्तीय संस्थाको मात्र नभई सहकारीको पनि कर्जा विस्तार खुम्चिएको छ । तरलता भने पर्याप्त देखिएका बेला कर्जा र निक्षेप दुवैको ब्याजदर घटिरहेको अवस्था छ । यसैलाई ध्यान दिएर नयाँ व्यवस्था लागू गरिएको हो । 
 

Post Your Comment