Market Closed

चीनमा सवारी साधनको व्यापार बढ्न थाल्यो

17 Oct,2020
  • china_10_17_2020_1_11_36.png
 
बेइजिङ : कोरोना भाइरसका कारण केही समय शिथिल देखिएको चीनको अर्थतन्त्रमा अहिले व्यापक सुधार आउन थालेको छ । सेप्टेम्बरमा चीनमा ट्रक र बस समेतका सवारी साधनको बिक्रीमा उल्लेख्य सुधार आएको छ । चिनियाँ अटोमोबाइल उत्पादक संघका अनुसार गत अगष्ट महिनाको तुलनामा सेप्टेम्बरमा सवारी बिक्रीमा १७.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको भन्दा झण्डै २६ लाख सवारी साधन बढी बिक्री भएका छन् । यसअघि अगष्टमा पनि ११.६ प्रतिशतले सवारी साधन बिक्री बढेको थियो ।  
 
तर यस वर्षको पहिलो ९ महिनामा भने अघिल्लो वर्षको तुलनामा ६.९ प्रतिशतले सवारी साधन बिक्री घटेको थियो । चीनमा कोरोना भाइरसका कारण कलकारखाना बन्द गर्नुअघि नै सवारी साधनको बिक्रीमा गत वर्षदेखि नै कमी आउन थालेको थियो । खस्किंदो आर्थिक वृद्धि र अमेरिकासँगको व्यापार युद्धले पनि यस क्षेत्रमा असर परेको चिनियाँ विश्लेषकहरुले बताएका छन् । गत वर्ष पनि सवारी साधन बिक्रीमा ९.६ प्रतिशतले कमी आएको थियो । सवारी साधनको बिक्री घटेको यो लगातार दोस्रो वर्ष हो । 
 
रासस–एपी
 

Post Your Comment