Market Closed

वीरगञ्जको गणेश अपार्टमेन्टमा प्रहरीको छापा, २३ किलो सुन बरामद

17 Oct,2020
  • gold_10_17_2020_9_27_48.jpg
नेपाली पैसा
 
काठमाडौं : वीरगञ्जबाट प्रहरीले २३ किलोभन्दा बढी सुन बरामद गरेको छ । शनिबार वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टको तेस्रो तलाको फ्ल्याट नम्बर ३०३ मा खानतलासी गर्दामा प्रहरीले २३ किलो बढी सुन बरामद गरेको हो ।

जसमा १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सुन वैध वा अवैध के हो यसबारेमा खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
 
 
 
 

Post Your Comment