Market Closed

कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो

23 Oct,2020
  • coron_10_23_2020_7_13_36.jpeg
नेपाली पैसा 

काठमाडौं :  नेपालमा थप ४४ सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार (पछिल्लो २४ घन्टा) मा यो तथ्यांक थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमित संख्या १ लाख ५ हजार ४८८ जना पुगेको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 

यता, पछिल्लो २४ घण्टामा २६ सय ६८ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ५ हजार ४८८ जना पुगेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ८२९ जना पुगेको छ ।
 

Post Your Comment