Market Closed

विश्व बैंकद्धारा नेपालको कृषि क्षेत्र विकासका लागि ८ करोड डलर कार्यक्रम अनुमोदन

29 Oct,2020
  • world_bank_10_29_2020_2_15_01.jpg
नेपाली पैसा
 
 
काठमाडौं : नेपालको कृषि क्षेत्रको सुदृढ गर्नका लागि विश्व बैंकले ८ करोड डलर बराबरको ग्रामीण उद्यम तथा आर्थिक विकास कार्यक्रम अनुमोदन गरेको छ । कार्यक्रमले नेपालको कृषि क्षेत्रको सुधार गर्दै ग्रमीण बजारमा पहुँच पुर्याउन सहयोग गर्ने विश्व बैंकले जनाएको छ । कोभिड–१९ पछिको रिकभरीलाई पनि यसले मद्दत गर्नेछ ।
 
उक्त कार्यक्रमले विशेषगरी महिलाद्वारा सञ्चालित उद्यमहरुलाई बजारसँग जोड्न मद्दत गर्नेछ । नेपाल सरकार र निजी क्षेत्र सहकार्य गरी कृषि क्षेत्रमा नेपाल ब्राण्ड स्थापित गर्न यस कार्यक्रमले अवसर प्रदान गर्ने विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलङ्का निर्देशक फरिस हडाड जर्भोसले बताएका छन् । कार्यक्रमले कफी, चिया, फलफुल, जडिबुटी लगायत क्षेत्रलाई विशेष मद्धत पुर्याउनेछ ।

विश्व बैंकका अनुसार प्रदेश नं १ र २, बाग्मति, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशको ५ वटा आर्थिक करिडोरमा उक्त कार्यक्रम सञ्चालन हुनेछ । विश्व बैंकको कार्यक्रमले नेपाल सरकारको कृषि विकास रणनीति २०१५–२०३५ लाई सहयोग पुर्याउने छ । विश्व बैंकले हाल नेपालको विकासका लागि २४ वटा परियोजनामार्फत ३ अर्ब डलरको सहयोग प्रतिवद्धता गरेको छ । 
 
 

Post Your Comment