Market Closed

राष्ट्रपति चुनाव सर्वेक्षणमा ट्रम्प परे पछाडि

29 Oct,2020
  • trump_10_29_2020_6_02_58.jpg
 
वासिङ्टन : अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेका जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता हासिल गर्न सफल भएका छन् । बुधबार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मतसर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त प्राप्त गरेका छन् ।

पछिल्ला राष्ट्रपति निर्वाचनहरुमा भन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको छ । गत वर्षदेखि नै सीएनएनले गरेका हरेक मतसर्वेक्षणमा बाइडेनले नै अग्रता बनाइरहेका छन् । यस्तै, विगतमा रिपब्लिकन पार्टीतर्फ झुकाव राख्ने कैयौं मतदाताले यसपटक बाइडेनलाई समर्थन गर्न थालेको पनि सर्वेक्षणमा उल्लेख छ । 

महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छन् । गैर–अश्वेत मतदाताबीच पनि ७१–२४ प्रतिशतको मतान्तर छ । राष्ट्रपति ट्रम्पलाई स्वीकारोक्ति दर ४२ प्रतिशत छ भने ५५ प्रतिशतले उनका कार्यशैलीलाई रुचाएका छैनन् । अमेरिकामा यही नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
 
रासस–एएनआई
 

Post Your Comment