Market Closed

चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो

08 Nov,2020
  • foreing_trade_11_8_2020_11_38_36.jpg
 
बेइजिङ : यस वर्ष चीनको समग्र वैदेशिक व्यापार (आयात–निर्यात) बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । गत वर्षको तुलनामा यस वर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको भन्सार प्रशासनले जानकारी दिएको छ ।

चीनको निर्यात व्यापारमा पनि ७.६ प्रतिशले वृद्धि भएको छ । त्यस्तै, सोही अवधिमा चीनको आयात व्यापार भने ०.९ प्रतिशतले मात्र वृद्धि भएको छ । 
 
रासस–सिन्ह्वा
 

Post Your Comment