Market Closed

दशैंपछि फेरि बढ्यो कर्जा माग, सातामै ११ अर्ब ऋण विस्तार

09 Nov,2020
  • lending-process-_11_9_2020_7_32_39.jpg
नेपाली पैसा
 
काठमाडौं : दशैंपछि वाणिज्य बैंकहरुले आक्रामक हिसाबले कर्जा प्रवाह गरेका छन् । एक साताको अवधिमा वाणिज्य बैंकहरुले थप ११ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका हुन् । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले कात्तिक २१ गतेसम्म ३० खर्ब ३१ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । यसअघि कात्तिक १४ गतेसम्ममा वाणिज्य बैंकहरुले ३० खर्ब २० अर्ब रुपैयाँ मात्रै कर्जा विस्तार गरेका थिए ।

त्यसभन्दा अघि असोज मसान्तको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले ३० खर्ब ३५ अर्ब रुपैयाँ बराबरको कर्जा विस्तार गरेको देखिएको थियो । यता, वाणिज्य बैंकहरुको कर्जा विस्तारसँगै निक्षेप संकलन पनि बढेको छ । एक सताको अवधिमा निक्षेप संकलन ५ अर्ब रुपैयाँले बढेको छ ।



कत्तिक २१ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३६ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् । यस अवधिमा निक्षेप वृद्धि हुनुमा रेमिटेन्स आप्रवाह नघट्नुलाई लिइएको छ । निक्षेपको प्रमुख स्रोत वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिटेन्स कोरोना माहामारीका बीचमा पनि बढिरहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । 
 

Post Your Comment