Market Closed

अर्थमन्त्री पौडेल भन्छन्–निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी काम गर्छु

11 Nov,2020
  • fm__11_11_2020_5_43_49.jpg
नेपाली पैसा  
 
काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल एवं आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग एवं प्रोत्साहन गरेर कोभिड–१९ ले पारेको प्रतिकूलतालाई न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनर्उत्थान गर्न सकिने बताएका हुन्।

त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको धारणासमेत उनले व्यक्त गरे ।अर्थमन्त्री पौडेलले प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार–व्यावसाय र उद्योगहरु चलाइ अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरे।

बजेटमा उल्लेख गरिएका राहत तथा पुनर्उत्थानका कार्यक्रमहरुलाई सबैको साथ लिएर कार्यान्वयन गरिने उनको भनाई छ। अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या बुझ्ने अनि निजी क्षेत्रले पनि सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने धारणा राखेका हुन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सर्वसाधारणको क्रयशक्ति बढाइ आर्थिक क्षेत्रलाई चलायमान बनाउन तथा उद्योग–व्यापार क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरे। भेटमा नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री पौडेललाई २२ बुँदे सुझाव समेत दिएको छ । 
 

Post Your Comment