Market Closed

सम्राट सिमेन्टको फड्को : प्रतिदिन ४५ सय टन सिमेन्टलाई आवश्यक पर्ने क्लिङकर उत्पादन गर्न सक्षम

01 Dec,2020
  • samrat_12_1_2020_4_53_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : सम्राट सिमेन्टले प्रतिदिन ४५ सय टन सिमेन्टलाई आवश्यक पर्ने क्लिङकर उत्पादन गर्न सक्ष्म भएको छ । यस कम्पनीले दैनिक ५ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । के.एच.डी. होम बोल्ड जर्मन कम्पनीको मेसिनद्वारा उत्पादित सम्राट सिमेन्टमा पूर्णरुपमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको कम्पनीको अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनले भने, ‘आगामी दिनमा ठूला आयोजनामा पनि सम्राट सिमेन्टको प्रवेश पक्का छ ।’
 
४६ बिगा क्षेत्रफलमा फैलिएको यस उद्योगमा हाल करिब ५ सय जना कर्मचारी कार्यरत छन् । अध्यक्ष तिमिल्सिनाका अनुसार उद्योगमा १६ अर्ब रुपैयाँ लगानी भएको छ । जसमध्ये ११ अर्ब फिक्स्ड र बाँकी ५ अर्ब वर्किङ क्यापिटल रहेको छ । दाङमा रहेको यस उद्योगले पछिल्लो समय गरेको व्यावसायिक प्रगति निकै लोभ लाग्दो रहेको दाबी गरिएको छ ।

विभिन्न आयोजनाका लागि आवश्यक ल्याब परीक्षणमा सम्राट सिमेन्ट खरो रुपमा उत्तीर्ण हुँदै आएको छ । कम्पनीले गुणस्तरीय उत्पादनमा जोड दिएको छ । सिमेन्टका बोराहरु प्याक हुनुअघि एफएल एसएमआइडीटीएच डेनमार्कबाट ल्याइएको रोबटिक प्रविधि प्रयोग गरिन्छ । 

जसअनुसार ‘रमिल, ‘क्लिनफिड र सिमेन्ट पाउडरको परीक्षण गरिन्छ । त्यसपछि मात्रै सिमेन्ट उत्पादन सुरु  गरिन्छ । यसो गर्दा कम समयमा धेरै गुणस्तरीय सिमेन्ट उत्पादन गर्न सकिने कम्पनीको भनाई छ । यही कारण कम्पनीले दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमतालाई अभिवृद्धि गर्न सकेको हो । नेपालमा यस प्रविधिबाट गुणस्तर मापन गर्ने यो दोस्रो कम्पनी हो । 

 
यस उद्योगले खेर जाने हिट इनर्जीलाई आधुनिक प्रविधिमार्फत् विद्युत् निकालेपछि पुनः प्रयोग गर्न सकिने प्रविधि जडान गरेको छ । जसका कारण ७ मेगावाट विद्युत् उत्पादन गर्न सक्षम भएको छ । हाल यस कम्पनीलाई २२ मेगावाट विद्युत आवश्यक पर्छ । यस परियोजनामा हिमालयन बैंकको अग्रसरतामा एभरेष्ट, मेगा र सिटिजन्स लगायतका बैंकहरुले ऋण लगानी गरेका छन् । 
 
सम्राट सिमेन्टको प्रमुख सञ्चालकहरुमा अध्यक्ष मुकुन्द प्रसाद तिमिल्सिनासहित वासुदेव पाण्डे, भोजराज पाण्डे, अनिल रुङट्टा, छुटेन लामा, सुधिर तिमिल्सिना रहेका छन् । ‘सबै सञ्चालकहरुको साथ र सहयोगका कारण सम्राट सिमेन्टले यति कम समयमा राम्रो गति लिन सम्भव भएको हो,’ तिमिल्सिनाले भने । नेपाली लगानीकर्ताहरु र नेपाली बैंकहरुको संयुक्त प्रयासमा यो सफल हुन पुगेको हो । 
 

Post Your Comment