Market Closed

लोकसेवा आयोगले नायब सुब्बा पदमा ८४३ जनाका लागि माग्यो आवेदन

13 Jan,2021
  • lok_sewa_1_13_2021_10_38_48.jpg
नेपाली पैसा
 
काठमाडौं : लोक सेवा आयोगले ठूलो संख्यामा नायब सुब्बा पदका लागि विज्ञापन खुलाएको छ । आयोगले खुलाबाट ४११, ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना गरी ८४३ जना सुब्बाका लागि विज्ञापन खुला गरेको हो । आयागले काठमाडौँ कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाएको छ ।
 
 यस्तै, बुटवल कार्यालयबाट खुल्लामार्फत ५३ जना, ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने छ भने सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ ।
 
यसैगरी, धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जना, जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना र पोखरा कार्यालयबाट खुलाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुने लोक सेवा आयोगले प्रकाशित गरेको सुचनामा उल्लेख छ ।
 
यस्तै, दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन खुला गरिएको छ। यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ ।
 
परीक्षा मिति पछि प्रकाशन हुने र परीक्षा केन्द्र केन्द्रीय कार्यालय बाहेक आयोगका सबै कार्यालयहरुमा तोकिने आयोगले जनाएको छ । दरखास्त दिने अन्तिम मिति माघ २० सम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
 

Post Your Comment