Market Closed

अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा बाइडेनले आज पदभार ग्रहण गर्दै

20 Jan,2021
  • biden_1_20_2021_10_53_27.jpg
काठमाडौं : अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आजदेखि शपथ ग्रहणसहित पदभार ग्रहण गर्ने भएका छन् । नेपाली समय अनुसार आज राति १० बजेर १५ मिनेटमा शपथ ग्रहण गरेपछि उनीहरुको कार्यकाल सुरु हुनेछ । अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ ।

यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ । तर, क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुने जनाइएको छ । कोरोना भाइरसका कारण शपथ ग्रहणसम्बन्धी ८० प्रतिशत कार्यक्रम भर्चुअल रूपमा गरिन लागेको हो । यता, गत ६ जनवरीमा रिपब्लिकन पार्टीका समर्थकले क्यापिटल हिलमा गरेको हिंसात्मक गतिविधिपछि राष्ट्रपतिको शपथ कार्यक्रम सामान्य ढंगले हुन लागेको अमेरिकन एजेन्सीहरूले जनाएका छन् । 

अमेरिकाको राजधानी वासिङ्टन डिसी लगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । यस्तै, बहिर्गमन हुन लागेका राष्ट्रपतिले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण गरेको हेर्ने परम्परा भए पनि बाइडेनको सत्तारोहण हेर्न राष्ट्रपति ट्रम्प सहभागी नहुने बीबीसीले जनाएको छ ।
 

Post Your Comment