नेपाल ग्रामीण विकास बैङ्क : कम्पनी विश्लेषण (सोमवार, २७ असार २०७३)

11 Jul,2016
  • gramin123_7_11_2016_2_43_08.png


२०७२/७३ आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैङ्कको खुद नाफा ३७ दशमलव ७२ प्रतिशत बढेको छ । गत आवमा रहेको रू. ४ करोड १३ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभरबट जोन (७६ दशमलव ४५ स्केल)मा छ । खरीद चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन : १ सय १६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्यरेखा, ट्रेण्ड लाइन र ७ दिने रेखाभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार १ सय ६३ मा टेवा र मूल्य महँगिएमा रू. १ हजार २ सय ८० मा प्रतिरोध पाउने देखिन्छ ।