कोरम नपुगेपछि नेसनल हाइड्रोपावरको साधारण सभा भयो स्थगित

11 Dec,2016
  • national_hydro_12_11_2016_12_36_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल हाइड्रोपावर कम्पनीको साधारण सभा स्थगित भएको छ । 
साधारण सभा गर्न आवश्यक कोरम (संख्या) नपुगेकाले साधारण सभा स्थगित गरिएको हो । 
 
कुल दुई सय ४० जना सेयर होल्डरमात्र साधारण सभामा उपस्थित भए । उनीहरूको जम्मा १० लाख कित्ता बराबरमात्र सेयर संख्यामात्र प्रतिनिधित्व हुने अवस्था रहेकाले साधारण सभा अर्को सूचना सार्वजनिक नहुँदासम्मका लागि स्थगित भएको हो । 
 
यसअघि लथालिङ अवस्थामा रहेको कम्पनीलाई आमूल सुधार गरी अघि बढ्ने योजना अनुसार चार आर्थिक वर्षको साधारण सभा एकसाथ बोलाइएको थियो ।
साधारण सभा सम्पन्न गरी कम्पनीलाई नयाँ गति दिने योजना व्यवस्थापनले अघिसारेको थियो । 
 
साधारण सभामा आर्थिक वर्ष २०६९–०७० देखि २०७१–७२ सम्मको वार्षिक प्रतिवेदनमा पनि छलफल गरी पारित गर्ने एजेन्डा तय गरिएको थियो । 
 
यसैगरी, लेखापरीक्षणको प्रतिवेदनसहित आर्थिक वर्ष २०६८–६९ देखि २०७१–७२ सम्मको वासलत, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरूमा पनि छलफल गरी पारित गर्ने एजेन्डा पनि तय गरिएको थियो ।