एनआइसी एसियाले हकप्रद सेयरको प्रमाणपत्र लिन बोलायो, डिम्याट खाता हुनेको खातामै गइसक्यो

13 Sep,2016
  • nic_9_13_2016_3_18_51.png
नेपाली पैसा 
काठमाडौं : एनआइसी एसिया बैंकले भदौ २९ देखि हकप्रद सेयरको प्रमाणपत्र वितरण गर्ने भएको छ । 
 
बैंकले यसअघि निष्कासन गरेको २५ प्रतिशत हकप्रद सेयरको प्रमाणपत्र लिन लगानीकर्तालाई बोलाएको हो । 
 
बैंकले गत वैशाख ३१ सम्म कायम सेयरधनीका लागि एक सय रूपैयाँ अंकित मूल्यको ९२ लाख ३७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । 
 
हकप्रद सेयर भर्दा डिम्याट खाता उपलब्ध गराएका लगानीकर्ताको सेयर भने खातामै उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ । 
 
हकप्रद भर्दा डिम्याट खाता नदिएका तथा खाता नम्बर नमिलेकालाई भने कागजी प्रमाणपत्र नै दिन लागिएको हो । 
 
लगानीकर्ताले हकप्रद सेयरको आवेदन फारम बुझाएकै केन्द्रबाट सेयर प्रमाणपत्र पाउनेछन् । प्रमाणपत्र लिन जाँदा दरखास्त फारमको अर्धकट्टी पेस गर्नुपर्नेछ । मन्जुरीनामा लिएकाले त्यसको प्रमाण पेस गर्नुपर्नेछ । 
 
यसबाहेक बैंकले मर्ज अघि एनआइसी र बैंक अफ एसिया हुँदाको नगद लाभांश, बोनस वा हकप्रद सेयर लिन बाँकी लगानीकर्ताले पनि बैंकको शाखा कार्यालय वा सेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेडमा सम्पर्क गरी यथाशक्य छिटो लैजान सूचना जारी गरेको छ ।