Market Closed

एनआइसी एसिया लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेन्ज कति ?

08 Jul,2020
  • ipo_new_7_8_2020_2_00_10.jpg
 नेपाली पैसा 
 
काठमाडौं : एनआइसी एसिया लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणमा जारी गरिएको सहित कम्पनीको कायम सबै चुक्ता पुँजी बराबरको १ करोड ४८ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण गरिएको हो । यसमा आरटीएसको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । बिहीबारबाट नेप्सेमा कारोबार हुनेछ । यस लघुवित्तको एनआइसीएसबीएसएल संकेतबाट कारोबार हुनेछ । नेप्सेले सुरु कारोबारका लागि ११० रुपैयाँ ४३ पैसादेखि ३३१ रुपैयाँ २९ पैसासम्मको आपन रेन्ज दिएको छ । यही सीमा भित्र रहेर पहिलो कारोबार खुला हुनेछ । 
 
एनआइसी एसिया लघुवित्तको सेयर गत शनिबार बिहान बाँडफाँट भएको हो । यसमा रीतपूर्वक आवेदन दिने सबैले न्यूनतम १० कित्ता सेयर पाएका छन् । यसैगरी,  थप ४६ हजार ५७९ जना लगानीकर्ताले गोलाप्रथाका माध्यमबाट थप १० कित्ताका दरले सेयर पाएका छन् । यसर्थ, उनीहरुको हातमा २० कित्ता सेयर पर्नेछ ।

यस कम्पनीले असार १० गतेबाट ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्कासन खुला गरेको थियो । कुल ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । जसमा ५.१९ गुणा बढी आवेदन आवेदन परेको थियो । यो लघुवित्त क्षेत्रकै हालसम्मको ठूलो आइपीओ हो । 

 
 

Post Your Comment