नेपाल लाइफ इन्सुरेन्सलाई पनि चाहियो डिम्याट खाता, बोनस सेयर खातामा पठाइँदै

14 Sep,2016
  • nepal_life_insurance_resize_9_14_2016_3_14_13.jpg
नेपाली पैसा 
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सले लगानीकर्ताको डिम्याट खाता मागेको छ । 
 
कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर दिंदैछ । बोनस सेयर डिम्याट खातामा पठाउन सेयरहोल्डरसँग डिम्याट नम्बर मागेको हो । 
 
डिम्याट खाता नम्बर अध्यावधिक नगरेका लगानीकर्ताले कम्पनीको कार्यालय कमलादी, हेरिटेज प्लाजामा सम्पर्क गर्नुपर्नेछ । 
 
बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएपछि लगानीकर्ताको डिम्याट खातामा पठाइने नेपाल लाइफले जानकारी दिएको छ ।