नेपाल लाइफको एफपीओ पुस २७ देखि बिक्री खुला, प्रतिकित्ता भाउ १४ सय २५ रूपैयाँ

02 Jan,2017
  • nepal_life_1_2_2017_5_59_00.jpg
नेपाली पैसा 
 
काठमाडौं  : नेपाल लाइफ इन्सुरेन्सको एफपीओ पुस २७ देखि बिक्री खुला हुने भएको छ । कम्पनीले  ३० लाख ९६ हजार चार सय २० कित्ता एफपीओ प्रतिकित्ता १४ सय २५ रूपैयाँका दरले बिक्री गर्नेछ । नेपाल लाइफलाई एक सय रूपैयाँ अंकित मूल्यमा १३ सय २५ रूपैयाँ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता १४ सय २५ रूपैयाँका दरले एफपीओ ल्याउन धितोपत्र बोर्डले अनुमति दिएको हो । यो इन्सुरेन्सले एक सय रुपैयाँ अंकित मूल्यको ३० लाख ९६ हजार चार सय २० कित्ता सेयर सर्वसाधारणलाई बेच्न लागेको हो ।

लामो समयदेखि नेपाल लाइफको एफपीओ पाइपलाइनमा थियो । यसअघि कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यसहित २९ सय ५१ रूपैयाँमा एफपीओ ल्याउने प्रस्ताव गरेको थियो । कम्पनीको प्रस्ताव गरेको त्यो भाउ धितोपत्र बोर्डले अस्वीकृत गरेको थियो । त्यसपछि बोर्डले एफपीओ निष्कासनसम्बन्धी नयाँ निर्देशन जारी गर्यो । त्यसै विधिका आधारमा अहिले नेपाल लाइफले एफपीओ ल्याउन अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्दैछ ।