नेपाल लाइफको एफपीओ बिक्री खुल्यो, कहाँ–कहाँ छन् आवेदन भर्ने केन्द्र ?

11 Jan,2017
  • nepal_life_1_10_2017_6_31_55_1_11_2017_11_44_08.jpg
 नेपाली पैसा 
 
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सले बुधबारदेखि ३० लाख ९६ हजार चार सय २० कित्ता एफपीओ बिक्री खुला गरेको छ । यो एफपीओको लागि सिद्धार्थ बैंकका प्रायः सबै शाखा कार्यलयबाट सेयर आवेदन दिन पाइने व्यवस्था गरिएको छ । यसबाहेक सिद्धार्थ क्यापिटल, नेपाल लाइफ इन्सुरेन्स कमलादी हेरिटेज प्लाजामा पनि आवेदन दिन सकिनेछ । तर यी शाखाबाट भने चेकमात्र बुझ्ने ब्ववस्था गरिएको छ । कम्पनीले कुल ८१ वटा केन्द्रबाट सेयर फारम लिन र बुझाउन सक्ने ब्यवस्था गरेको छ । यस आधारमा नेपाल लाइफको एफपीओ भर्न तुलनात्मक रुपमा निकै सहज हुने देखिन्छ । 
 
यो एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार नौ सय ६० कित्ता सम्म आवेदन दिन पाइनेछ । माघ २ गतेसम्म सेयर भर्न पाइनेछ । यो एफपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्दैछ ।  नेपाल लाइफको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड ७५ लाख रूपैयाँ रहेको छ । एफपीओ बाँडफाँटपछि चुक्ता पुँजी दुई अर्ब ४७ करोड ७१ लाख ४२ हजार नौ सय रूपैयाँ पुग्नेछ । एफपीओ बिक्रीबाट जम्मा भएको रकममध्ये प्रतिकित्ता एक सय रूपैयाँका दरले आउने पैसा चुक्ता पुँजीमा जोडिनेछ भने प्रिमियमबाट संकलन भएको रकम रिजर्भ कोषमा जानेछ । 
 
एफपीओपछि कम्पनीको रिजर्भ कोषमा ६ अर्ब ६९ करोड ३८ लाख  रूपैयाँ जम्मा हुनेछ । आर्थिक वर्ष २०७३–७४ मा कम्पनीको जीवन बिमा कोषको आकार ४२ अर्ब ३३ करोड रूपैयाँभन्दा बढीको हुने विवरणमा देखाइएको छ । प्रतिसेयर नेटवर्थ पनि ३६९ रुपैयाँ ८६ पैसा पुग्ने कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।  कम्पनीले आर्थिक वर्ष २०७१–७२ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १।३१ प्रतिशत नगद लाभांश दिएको थियो । आर्थिक वर्ष २०७२–७३ को नाफाबाट लाभांश दिन बाँकी छ ।   कम्पनीले  ३० लाख ९६ हजार चार सय २० कित्ता एफपीओ प्रतिकित्ता १४ सय २५ रूपैयाँका दरले बिक्री गर्नेछ । नेपाल लाइफलाई एक सय रूपैयाँ अंकित मूल्यमा १३ सय २५ रूपैयाँ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता १४ सय २५ रूपैयाँका दरले एफपीओ ल्याउन धितोपत्र बोर्डले अनुमति दिएको हो ।

यो इन्सुरेन्सले एक सय रुपैयाँ अंकित मूल्यको कुल ३० लाख ९६ हजार चार सय २९ कित्ता  सेयर सर्वसाधारणलाई बेच्न लागेको हो । लामो समयदेखि नेपाल लाइफको एफपीओ पाइपलाइनमा थियो ।  यसअघि कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यसहित २९ सय ५१ रूपैयाँमा एफपीओ ल्याउने प्रस्ताव गरेको थियो । कम्पनीको प्रस्ताव गरेको त्यो भाउ धितोपत्र बोर्डले अस्वीकृत गरेको थियो ।  त्यसपछि बोर्डले एफपीओ निष्कासनसम्बन्धी नयाँ निर्देशन जारी गर्यो । त्यसै विधिका आधारमा अहिले नेपाल लाइफले एफपीओ ल्याउन अनुमति पाएको हो । 

        यस्ता छन् आवेदन दिने ठाउँ