एनएमबी बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, २ भदौ २०७३)

19 Aug,2016
  • nmb_8_19_2016_10_49_30.jpg

२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैङ्कको खुद नाफा दुई गुणा बढेको छ । वैदेशिक मुद्राको विनिमयबाट भएको आम्दानी ३४ प्रतिशत बढेर रू. १६ करोड २ लाख रहेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभर सोल्ड जोन (२९ दशमलव ६८ स्केल)मा छ । विक्रीचाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन ३१ दशमलव ९८ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्यरेखा, ७ दिने औसत मूल्यरेखा र ट्रेण्ड लाइनभन्दा तल छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ८ सय १४ मा टेवा पाउने र मूल्य महँगिएमा रू. ८ सय ३० मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा
- बैङ्कको चौथो त्रैमासमा खुद ब्याज आम्दानी दुई गुणा र सञ्चालन नाफा ५५ प्रतिशत बढ्नाले खुद नाफा दुई गुणा बढ्नमा टेवा पुगेको हो । नाफा बढेर रू. १ अर्ब १५ करोड पुगेको छ ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा २१ प्रतिशतबाट बढेर २५ दशमलव ६४ प्रतिशत पुगेको छ ।

- जगेडा कोष साढे दुई गुणा बढेर रू. २ अर्ब ४६ करोड पुगेको छ ।

- ब्याज आम्दानी ७५ प्रतिशत र ब्याज खर्च ५१ दशमलव ३३ प्रतिशत बढेको छ ।

- कर्मचारी खर्च साढे दुई गुणा, अन्य सञ्चालन खर्च ५८ दशमलव ४७ प्रतिशत र कुल सञ्चालन नाफा ९७ दशमलव ३९ प्रतिशत बढेको छ ।

- अघिल्लो आवमा रहेको रू. ६३ करोड ५९ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- स्थिर सम्पत्ति साढे तीन गुणा र अन्य सम्पत्ति ४८ दशमलव ७२ प्रतिशत बढेको छ ।

- पूँजी कोष लागत ४ प्रतिशत र पूँजी कोष पर्याप्तता ११ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपाता साढे २७ गुणा, प्रतिशेयर आम्दानी रू. २८ दशमलव ६६ र मूल्य आम्दानी अनुपात साढे २७ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको ५ गुणा छ ।