एनएमबी बैङ्क : कम्पनी विश्लेषण (शुक्रवार, १४ असोज २०७३)

30 Sep,2016
  • nmb_bank_resize_9_30_2016_12_47_07.jpg

२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा २ गुणा बढेको छ । वैदेशिक मुद्राको विनिमयबाट भएको आम्दानी ३४ प्रतिशत बढेर रू. १६ करोड २ लाख रहेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम दिनमा ‘ह्यामर’ आकृति बनेको छ । यसले आगामी दिनमा शेयरमूल्य बुलिश प्रवृत्तिमा रिभर्स हुने सङ्केत गर्दछ ।

आरएसआई : ओभर शोल्ड जोन (२० दशमलव २४ स्केल)मा छ । विक्री चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन : २२ दशमलव ४९ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य र सातदिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिँदै गएका छन् भने ट्रेण्ड लाइन र २१ दिने रेखा एकै ठाउँमा आएका छन् । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ८ सय २ मा टेवा पाउने र मूल्य महँगिएमा रू. ८ सय २५ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

रेखा चित्र : मूल्य रेखाले ‘डबल बटम’ आकृति बनाएको छ । यसले शेयरमूल्यलाई घट्दा टेवा दिएर आगामी दिन बढ्ने सङ्केत गर्दछ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा खुद ब्याज आम्दानी २ गुणा र सञ्चालन नाफा ५५ प्रतिशत बढ्नाले खुद नाफा २ गुणा बढ्न टेवा पुगेको हो । नाफा बढेर रू. १ अर्ब १५ करोड पुगेको छ ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा २१ प्रतिशतबाट बढेर २५ दशमलव ६४ प्रतिशत पुगेको छ ।

- जगेडा कोष साढे २ गुणा बढेर रू. २ अर्ब ४६ करोड पुगेको छ ।

- ब्याज आम्दानी ७५ प्रतिशत र ब्याज खर्च ५१ दशमलव ३३ प्रतिशत बढेको छ ।

- कर्मचारी खर्च साढे २ गुणा, अन्य सञ्चालन खर्च ५८ दशमलव ४७ प्रतिशत र कुल सञ्चालन नाफा ९७ दशमलव ३९ प्रतिशत बढेको छ ।

- अघिल्लो आवमा रहेको रू. ६३ करोड ५९ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- स्थिर सम्पत्ति साढे ३ गुणाले र अन्य सम्पत्ति ४८ दशमलव ७२ प्रतिशत बढेको छ ।

- पूँजीकोष लागत ४ प्रतिशत र पूँजीकोष पर्याप्तता ११ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपाता साढे २७ गुणा, प्रतिशेयर आम्दानी रू. २८ दशमलव ६६ र मूल्य आम्दानी अनुपात साढे २७ गुणा छ । सो आम्दानी र पछिल्लो शेयरमूल्यको आधारमा निकालिएको पीई रेशियो २८ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको ५ गुणा छ ।